अनेमसंघले एमालेका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने महिलाहरूले गरेका कामको अभिलेख राख्ने

काठमाडौँ- अखिल नेपाल महिला संघ (अनेमसंघ) ले नेकपा एमालेका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने महिलाहरूले गरेका कामको अभिलेख राख्ने भएको छ ।
पार्टीले अवसर दिएर संसदमा प्रतिनिधित्व गरेका सांसदहरूले महिलाका पक्षमा गरेका कामहरूको अभिलेख राख्ने भएको हो । अखिल नेपाल महिला संघ केन्द्रीय संसदीय विभागले आयोजना गरेको संसदमा महिला सांसदहरूको प्रभावकारी भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अनेमसंघका नेताहरूले सोबारे जानकारी दिएका हुन् ।
विभाग प्रमुख विजुला रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मेनुका पोखरेलले महिला अधिकारको सुनिश्चितता संविधानमा व्यवस्था गरिएको भए पनि त्यसमा कुन सांसदको कस्तो भूमिका रह्यो भन्ने अभिलेख नभएको बताइन् । नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टाराईले अनेमसंघको यस्तो भूमिकाले महिला सांसदहरूलाई अझ प्रभावकारी भूमिका खेल्न सघाउने बताए ।
संसदमा विगतका सांसदहरूले खेलेको मुख्य भूमिकाको चर्चा गर्दै नेता भट्टराईले महिलाको एजेण्डा महिलाले मात्रै बोल्ने नभइ संसदमा आफ्ना मुद्दा अन्य सांसदलाई पनि बोल्न बाध्य बनाउने अवस्था सिर्जना गर्नुपर्ने जिकिर गरे । उनले संसदमा महिला समन्वय समिति बनाउने व्यवस्था भएकाले त्यसलाई सक्रिय बनाइनु पर्ने बताए ।
कार्यक्रममा अनेमसंघ इन्चार्ज सीता पौडेलले महिला सांसदहरूले आफ्ना एजेण्डा पारित नहुँदा सबै उठेर विरोध जनाउने र आफ्ना एजेण्डामा बहुमत बनाएर संसदमा कुरा राख्ने अवस्था निर्माण गर्न सांसदहरूलाई सुझाव दिए । उनले विषयगत विज्ञता हासिल गर्न र विषय अध्ययन गरेर डाटामा बोल्ने बानीको विकास गर्न सांसदहरूलाई आग्रह गरे ।
अनेमसंघ अध्यक्ष टुका भद्रा हमालले जनताका समस्या समाधान गर्नका लागि माननीय बनाएको भन्दै समय व्यवस्थापन गरेर अध्ययन गर्न र आफ्ना कुरा संसदमा निर्भीक ढंगले राख्न आग्रह गरिन् । उनले सांसदहरूलाई त्यसका लागि अनेमसंघसँग समन्वय र सहकार्यका लागि आह्वान गरिन् ।
कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरू, अनेमसंघका महासचिव पेम्बा लामासहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

यस्तो छ आजको मौसम

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

प्रतिक्रिया