विपद् अपडेट : हालसम्म १९५ जनाको मृत्यु, ५ हजार ८८३ घरपरिवार विस्थापित

काठमाडौँ- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी शुक्रबार दिउँसोसम्म १ सय ९५ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९५ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ५९ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ४७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
साथै काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १ जना गरी जम्मा २ सय १० जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ४२ वटा घर, १ सय २१ वटा गोठ, ५१ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९ सय ९ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ५ हजार ८ सय ८३ घर परिवार विस्थापित भएका छन् ।

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते
चक्रे मिलनसहित १९ जनालाई गुण्डागर्दीको अभियोगमा म्याद थप

प्रतिक्रिया