मर्स्याङ्दी बस दुर्घटना : २१ जनाको उद्धार, १२ जनालाई टिचिङ अस्पताल पुर्याइयो

काठमाडौँ - पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको र बसमा भारतीय पर्यटकहरू सवार रहेका थिए । प्रहरीका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म १८ जनाको शव निकालिएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले १२ जना घाइतेको उपचार टिचिङ अस्पताल काठमाडौँमा र ९ जनाको उपचार स्थानीय अस्पताल आँबुखैरेनीमा भइरहेको जानकारी दिएका छन् । घाइते १२ जनालाई नेपाली सेनाको हेलिकप्टरले काठमाडौँ ल्याइएको थियो ।
र, यो पनि

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया