आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रुवाहक बस दुर्घटना

काठमाडौँ-  चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा ​यात्रुवाहक बस पल्टिएको छ ।

भिर माथिबाट ढुंगा खसेर लाग्दा बस पल्टिएको हो । ​​बसमा सवार १९ जना घाइते भएका छन् । गौरबाट पोखरातर्फ जाँदै गरेको ग२ख ४७ नम्बरको यात्रुवाहक बस पल्टिँदा बसमा सवार १९ जना घाइते भएका छन् ।

चितवन प्रहरीका अनुसार बसमा करिब ३५ जना यात्रु रहेका थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।