सबैले एक अर्काको भाषाभाषीहरूलाई सम्मान गरे संरक्षण र समुत्थान हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले सबैले एक अर्काको भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा सबै भाषाको संरक्षण र समुत्थान सम्भव हुने बताएका छन् ।
जयतु संस्कृतमा संस्थाद्वारा शीतल निवासमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति पौडेलले भाषाका विषयमा कुनै निषेध हुन नहुने भन्दै एक अर्काको भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा भाषाको संरक्षण र समुत्थान सम्भव हुने बताएका हुन् ।
उनले संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार भएकाले यस भाषा र वाङ्मयको विस्तारमा जोड दिए । नेपालमा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम आन्दोलनको ठूलो योगदान रहेको उनले स्मरण समेत गरे ।
राष्ट्रपति पौडेलले संस्कृतका ग्रन्थहरूको लेखन र प्रकाशन, विद्वत्सम्मान, संस्कृत गुरुकुल र विद्यालयको संरक्षण र विकासमा जयतु संस्कृतमा संस्थाले गरेको योगदानको चर्चा गरे ।
कार्यक्रममा राष्ट्रपति पौडेलले प्राध्यापक नीलमणि ढुङ्गाना र आचार्य पूर्णचन्द्र ढुङगेललाई पुरस्कार प्रदान गरे । प्राडा ऋषिराम पोखरेल, प्राडा दीर्घराज घिमिरे, प्राडा रामचन्द्र गौतम, प्राध्यापक गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गरिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया