सहकारी विकास बोर्डको सदस्य सचिवमा डा. खगराज खड्का नियुक्त

काठमाडौँ - सरकारले सहकारी विकास बोर्डको सदस्य सचिव पदमा डा खगराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
भाद्र ६ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बोर्डको रिक्त सदस्य–सचिव पदमा खगराज शर्मा, रुपन्देहीलाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।
बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका सर्तको पालना गर्ने गरि हटाउने निर्णय गरेको छ भने विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरि १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।
बैठकले आयल निगम लिमिडेटलाई जितपुर सिमरा उपमहानगरमा रहेको करिब ५ विघा जग्गा प्राप्ति गर्न स्वीकृत प्रदान गरिएको उनले जानकारी दिए।
त्यस्तै बैठकले काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई मकवानपुरमा करिब ३३ हजार ९ सय ७५ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृत प्रदान गरेको छ ।

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

प्रतिक्रिया