प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेन पुगे, राष्ट्रपति जेलेन्स्कीलाई भेट्ने
काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको राजधानी किभ पुगेका छन् । सन् १९९१ पछि भारतीय प्रधानमन्त्रीको यो पहिलो युक्रेन भ्रमण हो । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री मोदीले पहिलो पटक युक्रेन भ्रमण गरेका छन् ।
मोदी भ्रमणको पहिलो स्टपमा पोल्याण्ड पुगेका थिए । पोल्याण्डमा प्रधानमन्त्री डोनाल्ड टस्कसँगको कुराकानीपछि उनले भने, ‘युद्धको मैदानमा कुनै पनि समस्या समाधान हुन सक्दैन ।' प्रधानमन्त्री मोदीले यस क्षेत्रमा शान्ति स्थापनाका लागि हरसम्भव सहयोग गर्न तयार रहेको पनि बताएका थिए ।
प्रधानमन्त्री मोदीका अनुसार युक्रेन र पश्चिम एसियामा जारी द्वन्द्व हामी सबैका लागि गहिरो चिन्ताको विषय हो । युक्रेन भ्रमणको करिब डेढ महिनाअघि प्रधानमन्त्री मोदीले रुसको पनि भ्रमण गरेका थिए । उनी पोल्याण्डदेखि युक्रेनसम्म रेलमा पुगेका थिए।

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

जापानको बेरोजगार दर २.५ प्रतिशत

प्रतिक्रिया