मर्स्याङ्दी नदीमा खसेको बसबाट २९ जनाको उद्धार, ११ जनाको खोजी हुँदै (भिडियो)

काठमाडौँ - तनहुँको आबुखैरेनी नजिक यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्दा २९ जना घाइते भएका छन् ।
तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार उद्धार गरिएका १४ जना घाइते अचेत अवस्थामा छन् भने १५ जना होसमा रहेका छन् । उनीहरूलाई खोलाबाट माथि ल्याउने काम भइरहेको उनले बताए ।
बाँकी ११ जनाको खोजी कार्य भइरहेको रायले जानकारी दिए ।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस ऐना पहराबाट शुक्रबार मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
४० यात्रु बोकेको भारतीय बस मर्स्याङ्दीमा खस्यो
— eKagaj (@ekagaj) August 23, 2024
भिडियो स्रोत : रूपेश तामाङ pic.twitter.com/EjdUUnM0OP
र, यो पनि

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया