ठूला दलको समीकरणले मुलुकका समस्या समाधान गर्न सहज - गृहमन्त्री लेखक

जनकपुर - गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएका छन् । यसले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको बताए ।
शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूला दलको समीकरणबाट बनेको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाएको दाबी गरे ।
१८ वर्षदेखि संक्रमणकालीन न्याय सम्बन्धी विषय निष्कर्षमा पुग्न सकि रहेको थिएन तर दुई ठूला दल कांग्रेस र एमाले एक ठाउँमा उभिदा संक्रमणकालीन न्याय सम्बन्धी विषय निष्कर्षमा पुर्याउन सफल भएको उनले बताए । यसले जटिल समस्या समाधान मात्रै गरेको छैन मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको उनको भनाई थियो ।
उनले भने ‘केही दिनमै समीकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रुपमा स्थायित्व पाएन, यसले प्रत्यक्ष सेवा प्रवाहलाई समेत प्रभावित गर्यो । अहिले निर्माण गरिएको नयाँ समीकरण मुलुकका लागि निर्विकल्प छ, यो समीकरण निष्कर्षमा नपुगेसम्म यसको विकल्प खोज्नु उचित हुने छैन ।'

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

प्रतिक्रिया