ढकालको दाबी : प्रतिवेदनको अपनत्व नलिएको रास्वपाले कार्यक्रम भने कार्यान्वयनको प्रयास गर्दैछ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले आफुले पार्टीमा पेश गरेको प्रतिवेदनको अपनत्व नलिने बताएपनि सो प्रतिवेदनमा उल्लेख गरिएका कार्यक्रम भने कार्यान्वयनको प्रयास गरेको टिप्पणी गरेका छन् ।
ढकालले आफुले प्रतिवेदनमा आत्मनिर्भर नेपाल अभियान चलाउने उल्लेख गरेको बताउँदै रवि लामिछाने क्लबले प्रतिवेदनको अपनत्व नलिने निर्णय गरे पनि आफुले प्रस्ताव गरेको आत्मनिर्भर नेपाल अभियान शुरु गरेको बताएका हुन् ।
ढकालले पार्टी एलिटको कब्जामा गएको बताएको थिए भन्दै एलिटहरूले आम जनताको अनुभव लिन सार्वजनिक यातायात चढेको व्यंग्य गरेका छन् ।
उनले भनेका छन्- 'अब ठ्याक्कै के कसरी गर्ने भन्ने त थाहा छैन, तर जति पढे, त्यो बुझे , टाइपले यी प्रयास गर्दैछन् । प्रतिवेदनलाई गलत पनि भन्नु छ । आफूले एक्स्ट्रा आइडिया केहि निकाल्न नि सक्दैनन् । त्यहि प्रतिवेदन घुमाइफेराई कार्यान्वयनको प्रयास पनि गर्नुछ । त्यहि प्रतिवेदन लेख्ने महामन्त्रीलाई कारबाहीको प्रयास पनि गर्नु छ । उहाँहरूलाई पनि गाह्रो छ । टीभिमा हेरेर घरमा नै खाना बनाउनुसम्म ठिकै हो, क्लब त पूरै रेस्टुरेन्ट खोल्न लाग्यो ।'
यसअघि रास्वपाले ढकाललाई पार्टीको महामन्त्री र प्रवक्ताबाट हटाएपनि अब साधारण सदस्यबाट समेत हटाउने तयारी गरिरहेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया