फिल्म 'पिताम्बर'मा भित्रिए दयाहाङ

काठमाडौँ- निर्देशक कृषा चौलागाईंले निर्देशन गर्ने फिल्म 'पिताम्बर’मा दयाहाङ राईको इन्ट्री भएको छ । दयाहाङले ‘पिताम्बर’ को निर्माण टिमसँग सम्झौता गरेका हुन् ।
फिल्ममा यसअघि नै सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, आर्यन सिग्देल, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी जस्ता कलाकारहरू अनुबन्धित भइसकेका छन् ।
अब यस फिल्ममा पहिलोपटक दयाहाङ, सौगात र प्रदीप एकसाथ देखिनेछन् । हाल वर्कसप चलिरहेको यस फिल्मको आगामी साताबाट दोस्रो चरणको छायांकन सुरु गरिँने भएको छ । पहिलो चरणको छायांकन गत वर्ष नवलपरासीमा भएको थियो । यस फिल्ममा प्रदीप एक्सन भूमिकामा रहेको बताइएको छ ।
फिल्ममा दिव्य देव, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारीलगायतको पनि विशेष भूमिका रहनेछ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको निर्माता विशाल चौलागाई हुन् । प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्मको लागत करिब ५ करोड रहेको बताइएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया