प्रतिनिधिसभामा दुई विधेयक पेस

काठमाडौँ- प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत भएका छन् । सभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ पेस गरे ।
त्यसअघि बैठकले ती दुई विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।
उक्त विरोधको सूचनाका सम्बन्धमा वक्तव्य दिँदै अर्थमन्त्री पौडेलले धितोपत्र बजारलाई व्यवस्थित बनाउन संशोधन विधेयक प्रस्तुत गरिएको स्पष्ट पारे । उनले आर्थिक कार्यविधिलाई उत्तरदायी बनाउँदै आर्थिक अनुशासन कायम गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संशोधन गर्न लागिएको जानकारी गराए ।
प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ११ गते मङ्गलबार अपराह्न १ बजे बस्नेछ ।

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया