पूर्व-पश्चिम राजमार्ग विस्तार कार्यतालिका अनुसार काम नभए कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व-पश्चिम राजमार्ग विस्तारमा कार्यतालिका अनुसार प्रगति हासिल नगरे ठेक्का अन्त्य गरी थप कारबाही गरिने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उनले यस विषयमा निर्माण व्यवसायीसँग कुराकानी गरी पेस गरेको कार्यतालिका अनुसार एक वर्षभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको जानकारी गराए ।
'पूर्व-पश्चिम राजमार्ग विस्तारमा अवरोधबिना अगाडि बढाउन सम्बन्धित चिनियाँ निर्माण व्यवसायीलाई बारम्बार सचेत गराइएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित पूर्व-पश्चिम राजमार्गको विशेष गरी नारायणघाट-बुटवल खण्डको स्तरोन्नतिबारे व्यवसायीसँग कुरा गरी म्याद थप गरिएको छ,' उनले भने ।

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया