भक्तपुरमा महाकाली नाच देखाइयो

काठमाडौँ- भक्तपुरमा हुने धेरै नाचमध्ये प्रसिद्ध महाकाली नाच प्रदर्शन गरिएको छ ।
भक्तपुरस्थित मध्यपुर थिमीको दिगु टोलमा बुधबार राति महाकाली नाच देखाइएको हो । पहिले जनताले दुःख पाएको बेलामा भगवान स्वयं प्रकट भएर जनतालाई सहयोग गर्न उत्पन्न भएको नाचको रूपमा समेत महाकाली नाचलाई लिने गरिन्छ । यो नाच पनि जनैपूर्णिमाको भोलिपल्टदेखि सुरु गरिएको थियो ।
उक्त ऐतिहासिक नाच दिगुटोल, चपाचो, वाननीलगायतका स्थानमा देखाइएको थियो जसमा महाकाली, महालक्ष्मी, देवी, सिंहर दैत्य, भूत भैरव, कावाख्या तथा माक देवगण गरी विभिन्न देवीदेवतालाई नचाइएको थियो । जीव जिवात्माहरू एक आपसमा मिलेर बस्नुपर्छ भन्ने मान्यताका साथ उक्त नाच देखाइने गरिएको स्थानीयहरूको भनाइ छ ।
मध्यपुरथिमिलाई भूतप्रेत, पिचाश र दानवी शक्तिबाट जोगाउन यस्ता परम्परागत धार्मिक आस्था बोकेको नाच देखाउने परम्परा रहेको संस्कृतिविद्हरूको भनाइ छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया