‘आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो’

जनकपुरधाम - गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व, दिगो विकास, सुशासन प्रवर्द्धन गर्न वर्तमान सरकार कटिबद्ध रहेको बताएका छन् । बिहीबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको उनले बताए ।
सरकारले राखेको लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्र र समाजका हरेक वर्गको सहयोग अपरिहार्य रहेको उनको भनाइ छ ।
उनले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको सङ्गठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने बताए ।
गृहमन्त्रीले भने, “नेपाल प्रहरीको ऐन ६९ वर्ष पुरानो भयो, यसमा सामयिक परिमार्जन आवश्यक छ । नयाँ कानुन निर्माण तथा सङ्गठनात्मक क्षमता बढाएर प्रहरीलाई अझ व्यावसायिक बनाउनुपर्छ । नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थापनका निम्ति त्यो अर्थ मन्त्रालयमा पुगिसकेको छ ।”

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

प्रतिक्रिया