सोमबार १९ साउन, २०८२
Monday, August 04, 2025

सरकारले चलाएका उद्योगहरु घाटामा जानु हुन्न- प्रधानमन्त्री ओली

फाइल फाेटाे

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरू घाटामा जान नहुने बताएका छन् ।​

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा आज भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायतका पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरेका हुन् ।

“साना साना लगानीमा धेरै कृषिमा आधुनिकीकरण र स्टार्टअप उद्योगहरू खोलेर बेरोजगारीलाई रोजगारी दिन सकिन्छ । उत्पादन बढाएर आयात विस्थापन गर्न सकिन्छ ।”, प्रधानमन्त्री ओलीले भने, “नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ । डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ ।’’

उनले मद्यमान र धूमपानसँग सम्बन्धित उद्योगलाई भन्दा रोजगारी सृजना गर्ने र समाजलाई सभ्य तथा स्वस्थ बनाउने खालका उत्पादनमा जोड दिन आग्रह गर्दै उद्योगहरूका नाममा भएका बेथिति रोक्न र राम्रा काम गर्नेलाई संरक्षण गर्न निर्देशन दिए । 

उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको छलफलमा प्रधानमन्त्री ओलीले खनिज र पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् कार्यलाई निरन्तरता दिँदै यसका आधारमा विकास गर्न सकिने उद्योगको योजना ल्याउन आग्रह गरे ।

यसअघि प्रधानमन्त्री ओलीले शिक्षा, सञ्चार, पर्यटन, स्वास्थ्य, कृषि मन्त्रालयसँग सम्बन्धित विषय र सुधारका योजनाका विषयमा सम्बन्धित मन्त्री र सचिवसँग बेग्ला बेग्लै ब्रिफिङ लिइसकेका छन् ।

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन्ः प्रधानमन्त्री ओली

संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन्ः प्रधानम…

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको छ : प्रधानमन्त्री ओली

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको…

मिडिया काउन्सिल विधेयकमाथि सञ्चारमन्त्री र पत्रकारबीच छलफल

मिडिया काउन्सिल विधेयकमाथि सञ्चारमन्त्री र पत्रकारबीच छलफल

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री खड्का

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री खड्का

सरकारले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदान २.८ अर्ब स्वीकार गर्ने

सरकारले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदा…