विद्युत विकासको क्षेत्रमा प्रसारण लाइनलाई महत्वका साथ अघि बढाइने - अर्थमन्त्री पौडेल

काठमाडौँ - उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युत विकासको क्षेत्रमा प्रसारण लाइनलाई महत्वका साथ अघि बढाइने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र उपाय संस्थाले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले प्रसारण लाइन नहुदा उत्पादीत विद्युत खेर जाने अवस्था आउने भएकाले विद्युत विकासको क्षेत्रमा प्रसारण लाइनलाई महत्वका साथ अघि बढाइने बताएका हुन् ।
नदि प्रणालीमा आधारित भएर पूर्व–पश्चिम प्रसारण प्रणालीका साथै अन्तरदेशीय प्रसारण लाइनका लागि लगानी केन्द्रित हुनुपर्ने उनले बताए । उनले विद्युत उत्पादन र बिक्री गर्ने मानसिकताबाट माथि उठ्दै आन्तरिक उपभोगलाई बढावा दिने नीति आवश्यक रहेको धारणा राखे ।
आन्तरिक उपभोगबाट बचेको विद्युतमात्रै अन्तराष्ट्रिय बजारमा उचित मूल्यका साथ बिक्री गर्नुपर्ने उनको भनाइ छ ।
उनले धितोपत्र बोर्डलाई नेतृत्वविहीन अवस्था लामो समय राख्न नहुने भन्दै यस समस्याको शिघ्र समाधानको पक्षमा सरकार रहेको धारणा राखे ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_WIGSgfQuyF_dhvxsajcxcgm25cd9nqzyaomv8xjs5hbfhlfnjw1sapzfhbumirxtzxwagon.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया