वैदेशिक रोजगारका ठगहरूलाई सरकारले नै संरक्षण गरेको छ- प्रभु साह

रौतहट - आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारका ठगहरूलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् ।
रौतहटको छतौना र विश्रामपुरमा आज आजपा नगर कमिटीद्वारा आयोजित “वैदेशिक रोजगारका ठगलाई सरकारले कारवाही गर्छ कि संरक्षण ?” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले वैदेशिक रोजगारका ठगहरूलाई कारवाही नगरी सरकारले संरक्षण गरेको बताए ।
`गाउँ देहातका गरिब युवाहरू रोजगारका लागि बिदेसिन बाध्य छन् । मुलुकमै रोजगार दिन नसकेको सरकारले वैदेशिक रोजगारको नाममा भइरहेको लुट धन्दालाई संरक्षण दिएको छ´ आजपा अध्यक्ष साहले भने, `नेपालमा स्वास्थ्य परीक्षण गरि वैदेशिक रोजगारमा जाने युवाको विदेशमा मृत्यु हुन्छ । उनीहरुको लास नेपाल आउँछ । यहाँ बलियो, स्वस्थ रहेका युवाको विदेशमा मृत्यु कसरी हुन्छ ? यहाँ एउटा काम भन्ने त्यहाँ अर्को काममा लगाउने । फ्री टिकट फ्री भिसा भन्ने तर मोटो रकम लिएर विदेश पठाउने । अलपत्र पार्ने, यस्ता भ्रष्ट र लुटेरालाई कारवाही नगरी सरकारले संरक्षण गर्ने काम भइरहेको छ ।´
केही म्यानपावर कम्पनीसँग मिलेर सरकारले मानव तस्करीको काम गरिरहेको समेत साहले आरोप लगाए । सरकारका केही मन्त्री, सरकारमा सहभागी दलका नेताले कमिसनमा गैरकानुनी काम गरिरहेको बताउँदै उनले सरकारकै संरक्षणमा म्यानपावर कम्पनीहरूले मानव तस्करी र लुट धन्दा चलाएर गरिब युवाहरूलाई लुटिरहेको बताए ।
यस्ता लुटेरा र भ्रष्टहरूलाई कारवाहीको माग गर्दा समेत मन्त्रीहरू मौन बस्ने र सरकारी निकायले केही नगर्नाले पीडित परिवारले झन दुख पाइरहेको साहले बताए । यस्ता भ्रष्टहरुका विरुद्ध जनकारवाहीका लागी आम जनता तयार हुनुपर्ने उनले बताए ।
कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारका ठगहरूलाई सरकारले नै पालिरहेको निष्कर्ष सहित पीडितलाई न्याय दिलाउन जस्तोसुकै आन्दोलन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया