नागढुंगा पहिरो अपडेट: सडक एकतर्फी खुल्यो

काठमाडौँ - काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगा नजिकै पहिरो खस्दा अवरुद्ध रहेको सडक एकतर्फी खुलेको छ ।
त्रिभुवन राजपथ अन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित नागढुंगा झ्याप्ले खोला नजिकै बिहान करिब दश बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।
अहिले धादिङ र काठमाडौं तर्फका डोजरले पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु भएको प्रहरीले जनाएको छ ।
पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिँदा सडक अवरुद्ध खुलाउन समय लागेको छ । सडक पूर्ण रुपले सुचारु हुन अझै केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया