साफ यू-२० च्याम्पियनसिपमा माल्दिभ्समाथि भुटानको जित

काठमाडौँ - काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समूह बी अन्तर्गत भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
यो जितपछि भुटानको सेमिफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ । अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समूह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने भएको छ ।
आइतबारदेखि शुरु भएको प्रतियोगिताको समूह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए मा बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।
त्यस्तै नेपालले भने समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया