आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त
काठमाडौँ - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकारी नेतृत्वमा नयाँ ऊर्जा भर्न खिलेन्द्र पौडेललाई नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ। आइएमई लिमिटेड र जिएमईको मर्जरपछि पौडेलले आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छोड्दै आइएमई लाइफमा नयाँ भूमिका लिएका छन्।
आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका पौडेल रेमिट्यान्स भुक्तानी प्रणाली, फिनटेक, डिजिटल वालेट, र अन्तरदेशीय कारोबारमा विशेषज्ञता राख्छन्। आइएमई ग्रुपले प्रवर्द्धन गरेका अन्य वित्तीय संस्थाहरूमा पनि उच्च व्यवस्थापनको अनुभव बटुलेका पौडेल स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, र आइएमई डिजिटल सोलुसनलगायतका कम्पनीमा सञ्चालकको रूपमा कार्यरत थिए।
पौडेलले त्रिभुवन विश्वविद्यालयबाट एमबिए फाइनान्स गरेका छन् । भारतको इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट, मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स, र अमेरिकाको हार्भर्ड केनेडी स्कुलबाट वित्तीय व्यवस्थापन र नीति डिजाइन्सम्बन्धी उन्नत शिक्षा लिएका छन्।
पौडेलको उच्च तथा व्यावसायिक शिक्षासँगै व्यवस्थापकीय नेतृत्वको अनुभवले आइएमई लाइफ इन्स्योरेन्सको रणनीतिक व्यावसायिक साझेदारी निर्माण र बिमा क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। पौडेलले आइएमई लाइफलाई थप उचाइमा पुर्याउने अठोट व्यक्त गरेका छन्।

सम्पत्ति बीमा: आर्थिक सुरक्षाको भरपर्दो माध्यम

सम्पत्ति बीमा: आर्थिक सुरक्षाको भरपर्दो माध्यम

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलले लिइन् शपथ

नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित ३ संचालकद्वारा पदबहाली

नेपाल लाइफद्वारा 'छुट्ला है छुट' योजना सार्वजनिक

एलआइसी नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन

'जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय'

प्रतिक्रिया