कंगोमा मंकीपक्सबाट ५७० को मृत्यु, अफ्रिकामा १६ हजार बढी संक्रमित

काठमाडौँ - अफ्रिकी मुलुक कंगोमा मंकीपक्सको संक्रमणले गम्भीर रूप लिँदै ५७० जनाको मृत्यु भएको छ । अफ्रिका भरमा १६ हजारभन्दा बढी मानिसहरू संक्रमित भएका छन्। संक्रमणको तीव्र फैलावटले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गर्न बाध्य भएको छ।
कंगोबाट सुरु भएको यो महामारी छिमेकी देशहरूमा फैलिँदै गएको छ। यसलाई नियन्त्रण गर्न कंगोले ५० हजार खोपको व्यवस्था गरिसकेको छ भने जापानले बालबालिकाका लागि ३५ लाख खोप उपलब्ध गराउने वाचा गरेको छ।
डब्ल्युएचओले संक्रमणलाई रोक्न नयाँ निर्देशिका जारी गर्दै प्रभावित क्षेत्रहरूमा खोप अभियानलाई प्राथमिकता दिन आग्रह गरेको छ। मंकीपक्स संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र अनुगमनलाई मजबुत बनाउन समेत संगठनले सघन अपिल गरेको छ।
अफ्रिकी राष्ट्रहरूमा फैलिएको यो महामारीले विश्वभरि नै सतर्कता अपनाउन आवश्यक बनाएको छ।

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_fSB8bflkrY_e7axuycbeqj2jdoy43r4jboq3ucxr5wj31lttqy8wvypcj0n637fvd8encyj.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

फ्रान्स–बेलायत आप्रवासी सम्झौता बारे ईयूले मूल्यांकन गर्ने

गाजामा अमेरिकी नीति आलोचना गर्दा प्रतिबन्ध: अभिव्यक्ति स्वतन्त्रताको प्रश्न उठ्दै

प्रतिक्रिया