अन्नपूर्ण संरक्षण क्षेत्रमा लेक लागेर एक वर्षमा २१ पर्यटकको मृत्यु
काठमाडौँ - पदयात्रा र साहसिक पर्यटनका लागि विश्वभर ख्यातिप्राप्त अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव ०८०/८१ लेक लागेर २१ जनाको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा. रविन कडरियाका अनुसार, मृतकहरूमा ६ जना नेपाली, ११ भारतीय, २ मलेसियन, १ युक्रेनी, र १ बेलायती नागरिक छन्।
डा. कडरियाका अनुसार मुस्ताङको मुक्तिनाथ क्षेत्र लेक लाग्नका लागि उच्च जोखिमयुक्त स्थल बनेको छ। उनले हिमाली क्षेत्रको पदयात्रामा जाँदा उचाइको ध्यान राख्न र स्वास्थ्यमा समस्या देखिनासाथ फिर्ता हुने सल्लाह दिएका छन्।
गत वर्ष पदयात्राका क्रममा लडेर पनि तीन जना विदेशी पर्यटकको ज्यान गएको छ। स्विडेन, जर्मनी, र अमेरिकाका ती पर्यटकहरूले विभिन्न चुनौतीको सामना गरेका थिए।
अन्नपूर्ण संरक्षण क्षेत्रमा गत वर्ष २ लाख २२ हजार १८० विदेशी पर्यटक भित्रिएका थिए । यो अघिल्लो वर्षको तुलनामा ५० हजार बढी हो। यस क्षेत्रको अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमाली जनजीवनका कारण पर्यटकको आकर्षण बढ्दै गएको छ।
डा. कडरियाले लामो दूरीको पदयात्रामा एक्लै नजान र पथप्रदर्शकको साथमा समूहमा यात्रा गर्न सुझाव दिएका छन्। सुरक्षा सावधानी अपनाउँदै ट्रेकिङ एजेन्सीमार्फत यात्रा गर्दा जोखिम कम हुने उनले उल्लेख गरेका छन्।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया