कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण

काठमाडौँ- कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय दमक, झापामार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण गरेको छ ।
बैंकका कोशी प्रदेश प्रमुख मोहनदत्त खनालले ती गमला संस्थाका अध्यक्ष ज्ञानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
प्रशान्ति टोल विकास संस्थाको साधारणसभाअन्तर्गत संस्थाले एक स्वच्छ वातावरण कायम गर्ने लक्ष्य लिई 'प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपण' भन्ने उद्देश्यले कामना सेवा विकास बैंकले ती गमला हस्तान्तरण गरेको हो ।
सो अवसरमा संस्थाका अध्यक्ष कार्कीले गमला सहयोगस्वरुप प्रदान गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे । साथै, आयोजना गरिएको कार्यक्रम सकारात्मक रहेको बताए । कार्यक्रममा बैंकका कर्मचारीहरू तथा संस्थाका सदस्यहरूको उपस्थिति थियो ।

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

प्रतिक्रिया