एक्सन फिल्मका लागि शाहिद र विशाल फेरि एकसाथ

काठमाडौँ- बलिउड अभिनेता शाहिद कपूर र निर्माता निर्देशक विशाल भारद्वाजले सन् २००९ मा 'कमिने' र सन् २०१४ मा 'हैदर'मा ठूलो पर्दामा सँगै काम गरेका थिए ।
दुवै चलचित्रले बक्स अफिसमा समेत शानदार कमाई गरेका थिए । अब फेरि निर्माता साजिद नाडियाडवालाले शाहिद र विशाललाई एक्सन-प्याक थ्रिलरको लागि एक साथ ल्याएका छन् ।
मिडिया रिपोर्टका अनुसार विशालको यो करियरको पहिलो एक्सन फिल्म हुनेछ । रिपोर्टका अनुसार साजिद नाडियाडवाला, शाहिद कपूर र विशाल भारद्वाजले एक एक्सन थ्रिलरको लागि हात मिलाएका छन् । यो मिशनमा आधारित एक्सन थ्रिलर फिल्म हुने बताइएको छ भने निर्माता नाडियाडवालाले यसलाई सबैभन्दा ठूलो तरिकामा प्रस्तुत गर्न लागेका छन् ।
रिपोर्टका अनुसार साजिद र विशालले यो भूमिकाका लागि शाहिद कपूर सबैभन्दा उपयुक्त रहेको विश्वास गरेका छन् । यति मात्र होइन, यो शीर्षकविहीन फिचर फिल्मका लागि ६ एक्सन सेट निर्माण गर्ने योजना पनि बनाइएको बताइएको छ ।
रिपोर्टका अनुसार शाहिद यस एक्सन थ्रिलरको कथाबाट प्रभावित भएर तुरुन्तै यो फिल्म गर्न राजी भएका थिए । फिल्मको छायांकन भारत र अमेरिकामा हुने बताइएको छ ।
अहिलेसम्म बनेका सबै चलचित्रभन्दा फरक ढंगले प्रस्तुत हुने यो चलचित्र आजका दर्शकका लागि बन्ने बताइएको छ । निर्माताहरूले ए-लिस्टर नायिकालाई मुख्य अभिनेत्रीको रूपमा कास्ट गर्न खोजिरहेका छन् । प्रि-प्रोडक्सनको काम सुरु भइसकेको छ र यो चलचित्र सन् २०२५ मा ठूलो पर्दामा आउनेछ ।

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_a0LVsGM74P_ba0uq3ww4cua5ja5lckmxbb75quypchfywilmesjuivvhardd5jns3tmdcej.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

प्रतिक्रिया