स्वास्थ्य र शिक्षा हुने खानेको पहुँचमा मात्र पुग्योः डा. शेखर कोइराला

काठमाडौँ - नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा भएको बताएका छन् । सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकले महाराजगञ्जमा मंगलबार आयोजना गरेको सम्मान तथा कदरपत्र वितरण कार्यक्रममा बोल्दै सरकारी अस्पतालहरूमा समेत जनताले सेवा लिन नसक्ने भएको उनले बताए ।
'आइओम (टिचिङ), वीर अस्पतालमा समेत जनताले पैसा तिरेर उपचार गर्न सक्ने अवस्था छैन', उनले भने, 'अन्य निजी अस्पतालबाट झन जनताले कसरी सेवा लिनु ।'
'स्वास्थ्य प्रणालीलाई सरल र सहज कसरी बनाउन सकिन्छ त्यतातिर ध्यान दिनुपर्छ,' उनले अगाडि थपे,' 'स्वास्थ्य शिक्षा पनि सर्वसाधारणको पहुँचबाट टाढा रह्यो । अहिले सरकारी शैक्षिक संस्थामा पैसा नभए पढ्नै नसक्ने अवस्था छ ।'
विद्यार्थीले पैसाको अभाव हुँदा मन परेको विषय पढ्न नपाएको उनले दाबी गरे । ‘हुनेखानेको पहुँचमा शिक्षा छ,’ उनी प्रश्न गर्दै भन्छन्,’ हुँदा खानेको लागि आधारभूत आवश्यकता कहिले प्राथमिकतामा पर्छ? ‘
त्यसैगरी, सोही कार्यक्रममा प्राध्यापक डा. सगुन नारायण जोशी बिपी कोइलारा लायन्स अध्ययन केन्द्रका कार्यकारी निर्देशक, प्राध्यापक डा. केपी सिंह टिचिङ अस्पतालका पूर्व कार्यकारी निर्देशक, प्राध्यापक डा. जीवन कुमार श्रेष्ठ, प्राध्यापक डा. दिपक प्रकाश महाराज, प्राध्यापक डा. आनन्दकुमार शर्मा , प्राध्यापक डा. शंकर मान राई, प्राध्यापक डा.पदमराज पन्त र प्राध्यापक डा. रत्नमणि गजुरेल लगायत विभिन्न ४७ जना स्वास्थ्यकर्मीहरू सम्मानित भएका थिए ।

दैलेखमा ग्यास भेटिएपछि प्रधानमन्त्री ओलीले सम्झिए समर्थन र विरोधका थरिथरिका आव…

संसदीय समितिले सुनचाँदी व्यवसायीसँग छलफल गर्ने

आजबाट जसपाको संघीय परिषद् बैठक
प्रतिनिधिसभाको बैठक बस्दै, सांसदको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

प्रतिक्रिया