कोलकता बलात्कार-हत्या प्रकरण: सर्वोच्चले स्वज्ञान लिँदै दियो विभिन्न आदेश

काठमाडौँ - भारतको कोलकतामा महिला डाक्टरमाथि बलात्कारपछि भएको हत्याको घटनाले सिंगो भारतसहित अन्तर्राष्ट्रिय स्तरमै स्तब्ध बनाएको छ ।
यो घटनापछि भारतभरका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् भने घटनापछि प्रदेश सरकारको कदम बारे आलोचना भइरहेको बेला यस घटनामा सर्वोच्च अदालतले स्वस्फुर्त हात हालेको छ ।
सर्वोच्चले यस विषयमा आफैँले संज्ञान लिएर सुनुवाइ गरेको हो । प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षताको इजलासले यस विषयमा सुनुवाइ गर्दै अस्पतालको सुरक्षा, महिला स्वास्थ्यकर्मीहरूलाई कार्यस्थलमा दिनुपर्ने सुरक्षाको विषयमा महत्वपूर्ण आदेश दिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्चले घटनाक्रम हेर्दा अपराध बिहानै पत्ता लागेको जस्तो देखिएको बताउँदै मेडिकल कलेजका प्रिन्सिपलले यसलाई आत्महत्या भन्न खोजेको देखिएको टिप्पणी गरेको छ । आफ्नो आदेशमा सर्वोच्चले भनेको छ- 'अधिकांश युवा डाक्टरहरू ३६ घण्टा काम गर्छन् । हामीले सुरक्षित काम गर्ने वातावरण सुनिश्चित गर्न राष्ट्रिय प्रोटोकल विकास गर्नुपर्छ ।'
साथै पीडितको नाम मिडियामा जताततै प्रकाशित भएकोमा पनि अदालतले चिन्ता व्यक्त गरेको छ । साथै सर्वोच्चले आरजीकर अस्पतालका प्रिन्सिपलको आचरण छानबिन भइरहेको बेला उनलाई तत्कालै अर्को कलेजमा कसरी नियुक्ति गरिएको विषयमा राज्य सरकारलाई प्रश्न सोधेको छ ।
अदालतले हजारौंको भीड मेडिकल कलेजमा प्रवेश गरेको घटनाप्रति कोलकाता प्रहरी माथि प्रश्न उठाएको छ भने मुद्दामा एफआईआर दर्ता गर्न ढिलाइ गरेकोमा पश्चिम बंगाल सरकार र अस्पताल प्रशासनलाई प्रश्न सोधेको छ । साथै सर्वोच्च अदालतले स्वास्थ्यकर्मीले लामो समय गर्ने कामका विषयमा राष्ट्रिय प्रोटोकल तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेको छ । यसको काम चिकित्सकहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्ने हो ।
सर्वोच्च अदालतले सीबीआईलाई बलात्कार-हत्या प्रकरणमा अनुसन्धानको स्थिति रिपोर्ट दिन र पश्चिम बंगाल सरकारलाई आरजी कार अस्पतालमा भीड आक्रमणको अनुसन्धानको स्थिति रिपोर्ट दिन अगस्त २२ सम्मको समय पनि दिएको छ ।
अदालतले आरजीकर अस्पतालमा आक्रमण गर्ने अपराधीहरूलाई पक्राउ गरी उनीहरूविरुद्ध एफआईआर दर्ता गर्ने सुनिश्चित गर्न सरकारलाई निर्देशन समेत गरेको छ ।

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया