सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

नेपालगञ्‍जको विमानस्थल बन्द हुँदा बुद्ध एयरको जहाज काठमाडौँ फर्क्यो

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपालगञ्जस्थित विमानस्थल बन्द हुँदा केही समय आन्तरिक उडान प्रभावित भएको छ । मंगलबार बिहान विमानस्थलमा पानी जमेका कारण काठमाडौँबाट उडेका विमान अवतरण हुन सकेका थिएनन् ।

बिहान ८ बजे बुद्ध एयरको जहाज काठमाडौँबाट उडेको नेपालगञ्जमा अवतरण हुन नसक्दा काठमाडौँ फर्केको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

 उनका अनुसार केही समयका लागि विमानस्थल बन्द भएको थियो । पानी परेका कारण विमानस्थल बन्द भएको थियो ।

अहिले विमानस्थल खुलेकाले विमानले नियमित उडान गरिसकेको उनले बताए ।