सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

फाइल फोटो

काठमाडौँ - आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मूल्य अहिलेसम्मकै बढी कायम हुँदै तोलाको १ लाख ५२ हजार ३ सय रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।