मोदी युक्रेनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै साता युक्रेनको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
विदेश मन्त्रालयका सचिव तन्मय लालले प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको निमन्त्रणामा शुक्रबार अगस्ट २३ मा युक्रेनको औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन् । उनले भने, 'यो महत्वपूर्ण र ऐतिहासिक भ्रमण पनि हो, किनभने हाम्रो कूटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्षभन्दा बढी समयमा कुनै भारतीय प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्ने यो पहिलो पटक हुनेछ ।'
रुस-युक्रेन द्वन्द्वका भारतले यो द्वन्द्व कूटनीति र संवादबाट समाधान गर्न सकिने धारणा राख्दै तटस्थ भूमिका खेल्दै आएको छ ।
मोदीले फेब्रुअरी २०२२ मा रूस-युक्रेन युद्धपछि इटाली र जर्मनीमा जी ७ देशको सम्मेलनमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेटेका छन्, तर उनले अहिलेसम्म युक्रेन भ्रमण भने गरेका छैनन् ।
युक्रेनअघि प्रधानमन्त्री मोदी पोल्याण्डको औपचारिक भ्रमणमा जाने विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया