नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरिएको छ ।
सोमबार साँझ काठमाडौँमा आयोजित विशेष समारोहका बीच खेलकुदमन्त्री तेजु लाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन् । क्यानले आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म नेपाल प्रिमियर लिग आयोजना गर्ने जानकारी समेत दिएको छ ।
कार्यक्रममा खेलकुद मन्त्री चौधरीले क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको भन्दै क्रिकेटको विकासमा सदैव सहयोग गर्न तयार रहेको बताए । त्यस्तै क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगको आयोजनासंगै घरेलु क्रिकेटको नयाँ युगको सुरुवात हुने र क्रिकेटको व्यावसायिकतामा नयाँ आयाम थप्ने बताए ।
त्यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सबैको साथ र सहयोगमा लिगलाई सफल बनाउने जिकिर गरे ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया