सतर्कता केन्द्रले सोध्यो वैद्यखानालाई स्पष्टीकरण

काठमाडौं : गैरकानुनी रूपमा निजी व्यवसायीहरूको औषधि उत्पादन गरी प्याकेजिङ गर्दागर्दैको अवस्थामा राष्ट्रिय सतर्कता केन्द्रको छड्केमा परेको सिंहदरबार वैद्यखानालाई स्पष्टीकरण सोधिएको छ । केन्द्रका प्रहरी उपरीक्षक गणेश श्रेष्ठकाअनुसार आज (शुक्रबार) सिंहदरबार वैद्यखानाखानालाई ६ बुँदे स्पष्टीकरण सोधिएको हो ।
वैद्यखानाले तालुक निकाय सिंहदरबार औषधि विकास समिति, औषधि व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय कसैको पनि स्वीकृति नलिई र आफ्नै कार्यालयमा समेत कुनै निर्णय नगरी निजी व्यवसायी कल्पसनद अध्ययन प्रतिष्ठानका लागि औषधि प्याकेजिङ गर्दागर्दैको अवस्थामा अस्ति बुधबार केन्द्रको छड्केमा परेको थियो ।
सरकारी स्रोत र साधन प्रयोग गरी वैद्यखानाले कोभिड-१९ को भनिएको बेसारजस्तो देखिने ‘ट्यूमेरिक गोल्ड’ नामक औषधि बनाई पठाउन लागेको अवस्थामा केन्द्रले भेटेको प्रहरी उपरीक्षक श्रेष्ठले इकागजलाई बताए । उनका अनुसार यससम्बन्धी विस्तृत लिखित विवरण तत्काल केन्द्रमा पठाउन भनिएको छ । ‘अनुमति नलिईकन निजी व्यवसायीको काम गरेको देखियो,’ श्रेष्ठले शुक्रबार इकागजसँग भने, ‘हामीले प्रष्टीकरण सोधेर कारबाही अघि बढाएका छौं ।’
केन्द्रले वैद्यखानालाई सोधेको स्पटीकरण यस्तो छ:
१. कल्पसनद अध्ययन प्रतिष्ठान र तहाँ समितिबीच विश्वभर महामारीको रुपमा जारी कोभिड १९ सहित भाइरल इन्फेक्सन रोगको उपचारको लागि प्रस्तावित भनिएको ‘ट्यूमेरिक गोल्ड’ नामक पदार्थको पाउडर र तथा प्याकिङ गरेको स्थलगत अनुगमनको क्रममा देखिएको हुँदा के कति परिमाणमा र मूल्यमा बनाउने भनी दुवै पक्षबीच भएको सम्झौता, तालुक निकाय तथा तहाँ सञ्चालक समितिको निर्णयलगायत आवश्यक अन्य कागजातहरुको विवरणसहितको प्रमाणित प्रतिलिपि,
२. ट्यूमेरिक गोल्ड नामक पदार्थ कति परिमाणमा तयार गरिएको छ ? उक्त कार्य गर्दा तहाँ समितिमा कार्यरत कर्मचारीहरुलाई प्रयोग गरिएको भए कति संख्या तथा कति दिनको र कुन शर्तमा काममा लगाइएको हो ?
३ हालसम्म उक्त ट्यूमेरिक गोल्ड कति परिमाणमा तयार गरिसिकएको हो ?
४. कल्पसनद अध्ययन प्रतिष्ठानका आधिकारिक प्रतिनिधिलाई तीन दिनभित्र केन्द्र समक्ष उपस्थित गराइदिनु हुन
५. तहाँ समितिको गठन आदेश तथा नियमावली एक, एक प्रति उपलब्ध गराइदिनु हुन
६. साथै तहाँ निर्माण तथा प्याकेजिङ गरिएको ट्यूमेरिक गोल्ड हाल कहीं कतै नपठाउनु हुन समेत जानकारी गराइन्छ ।
यो पनि
सिंहदरबार वैद्यखानामा सतर्कता केन्द्रको छापा

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

प्रतिक्रिया