राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण : गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन् ।
सोमबार काठमाडौँमा चौपातो नेपालद्वारा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् सांगीतिक काव्य गोष्ठीमा गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता हुँदा जनताहरू निराश भएको भन्दै मुलुकलाई स्थिरतातर्फ अघि बढाउनका लागि ठूला दल मिलेर सरकार बनाउनु परेको बताएका हुन् ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भए पनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनले बताए ।
उनले शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुत गतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कायम गर्न र मर्यादित रोजगारी सिर्जना गर्न वर्तमान सरकार जिकिर गरे ।
गृहमन्त्री लेखकले संविधान संशोधनको विषयलाई एजेन्डा बनाएको भन्दै संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी समानुपातिक सहभागितालाई थप सुदृढ गर्नका लागि हुने बताए ।
सरकार बनेको एक महिनामा १८ वर्षसम्म रुमलिएको संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई प्रतिनिधिसभाले पारित गरिसकेको भन्दै चाँडै संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गरिने गृहमन्त्री लेखकले बताए । उनले सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न ३–४ महिनाभित्र तिंकरमा अध्यागमन कार्यालय स्थापन गर्ने जानकारी दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया