सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

आज सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ?

तस्विरः फाइल फोटो

काठमाडौँ- आज साताको दोस्रो दिन नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १ लाख ५२ हजार ३ सयमा कारोबार भएको छ । आइतबार भने प्रतितोला १ लाख ५२ हजार ५ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ८१० मा कारोबार भइरहेको छ । त्यसैगरी, शुक्रबार सुन तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार भएको थियो । चाँदी १ हजार ७४० मा कारोबार भएको थियो ।