परराष्ट्रमन्त्री राणाले आज मोदीलाई भेट्दै
काठमाडौं - भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछिन् । राणाले दिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग साँझ भेटवार्ता गर्ने भएकी हुन् ।
भेटवार्तामा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्ने बताइएको छ ।
आइतबार नयाँ दिल्ली पुगेकी राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए ।
आजै राणाले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्री जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएकी हुन्। भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्नेछिन्। दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आफ्नो पाँच दिने भरत भ्रमण सकेर राणा बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया