कटहरियामा शिक्षिका तथा कर्मचारी धर्नामा, ५ गतेदेखि विद्यालय बन्दको घोषणा

रौतहट- रौतहटको कटहरियास्थित तलब भत्ताको माग गर्दै शिक्षिका तथा विद्यालय कर्मचारी धर्नामा बसेका छन् । आगामी ४ गते मंगलबारसम्म तलब भत्ता नपाएमा ५ गते बुधबारदेखि नगरको सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
नेपाल विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिको आयोजनामा शिक्षिका तथा विद्यालय कर्मचारी नगरपालिका प्राङ्गणभित्र आइतबार धर्नामा बसेका हुन् ।
नगरभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत सम्पूर्ण विद्यालय कर्मचारीहरू, बाल विकास सहयोगी कार्यकर्ताले तलब र भत्ताको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक वर्ष २०७९/०८० को वैशाखदेखि असार मसान्तसम्मको न्यूनतम थप तलब, यस आर्थिक वर्षको वैशाखदेखि हालसम्मको तलब र प्रतिमहिना दुई हजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएर कसैले पनि न पाएर कठिनाइ भएको छ ।
सम्पूर्ण विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ताले आगामी ५ गते मंगलबारसम्म तलब भत्ता निकासा नभएमा निम्न अनुसारको आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।
आजदेखि सुरु भएको धर्नालाई भोलि ३ गतेसम्म निरन्तरता दिने, भदौ ४ गते हातमा कालो पट्टी बाँधेर आआफ्नो विद्यालयमा काम काज गर्ने र भदौ ५ गतेदेखि कटहरिया नगर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिने धर्नामा सहभागी एक जना शिक्षक देवीलाल कुशवाहाले बताएका छन् ।
कटहरियास्थित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा विद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी ६४ जना कार्यरत रहेका छन् ।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रिता देवी यादव सहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा दोषी ठहर भएर झण्डै १ महिना अघि निलम्बित भएपछि बाल विकास शिक्षिका तथा विद्यालय कर्मचारी तलब सुविधा पाउनबाट वञ्चित भएका छन् । गत आर्थिक वर्षको अन्तिम महिना असारमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले चासो न लिएको कारण तलब सुविधा पाउन नसकेको उनीहरूको आरोप रहेको छ ।
करार तथा दैनिक ज्यालादारीको नाउँमा मेयर जैसवालले वार्षिक करोडौं रकम निकासा गराउँछन् । तर, दिनरात मिहिनेत गरेका विद्यालय कर्मचारी तथा बाल विकास शिक्षिकाको तलब भत्ता निकासा गराउन मेयर जैसवाल संगै नगर शिक्षा संयोजक अनिलकुमार निधिले समेत चासो न देखाएको पीडितहरूले गुनासो गरेका छन् ।
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_LrGjIgbWUp_udascmpcshmyupvsmnqfwjkukynhmgpysqm2towwm5bktffhuxhbahkirj2l.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_tcqzrGGBzU_2uiiadeuageuniecok3fu4cimhy0rxh0eolggcm6ltfs3ldfqkwz7elpcd8i.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया