एमाले खुद्रा खेलमा अलमलिदैन - ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्तित्व रक्षाको लडाइको साना खुद्रा खेलमा अलमलिने पार्टी एमाले नभएको बताएका छन् ।
आइतबार एमाले पार्टी कार्यालय च्यासलमा एमाले केन्द्रीय कमिटीका सदस्यहरूको सपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनमा बहुमत आउने गरि तयारी गर्नुपर्ने भन्दै अस्तित्व रक्षाको लडाइको साना खेलमा अल्झन नहुने बताएका हुन् ।
उनले जस्तोसुकै चुनौतीको सामना गरेर भएपनि देशभित्र एमालेलाई बलियो, सशक्त र निर्णायक शक्ति बनाउनुपर्ने धारणा राखे । उनले आफू नेतृत्वको सरकारले देश र जनताको हितलाई असर पर्ने कुनै काम नगर्ने स्पष्ट पारे । अरु दलहरू मोर्चाको खोजीमा रहे पनि एमालेले आफैंभित्र मोर्चा बनाएर अघि बढ्ने उनको भनाइ छ ।
कार्यक्रममा ओलीले केन्द्रीय सदस्यहरू मन्जु शर्मा चालिसे र कुन्दन कुसवाहालाई सपथ ग्रहण गराएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया