लोकतान्त्रिक प्रणालीलाई असर गर्ने कुनै काम स्वीकार्य हुन्न : बेदुराम भुसाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका नेता एवं राष्ट्रियसभा सदस्य बेदुराम भुसालले लोकतान्त्रिक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने बताएका छन् ।
आइतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै भुसालले अहिले संविधान संशोधनको चर्चा चलिरहेको भन्दै त्यसका नाममा लोकतान्त्रिक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने बताएका हुन् ।
संविधान संशोधनको उद्देश्य स्पष्ट हुन नसकेको भन्दै भुसालले दुई दलीय व्यवस्था कायम गर्ने वा समानुपातिक समावेशी हटाउने काम स्वीकार्य नहुने स्पष्ट पारे । उनले दुई दलका बीचमा सहमतिलाई राष्ट्रिय सहमतिको भाष्य सिर्जना गर्न खोजिएको भन्दै दुई दलका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने धारणा राखे ।
भुसालले संविधान निर्माणपछि बनाउनुपर्ने कानुनमा सरकारले गरेको कामका बारेमा सदनलाई जानकारी हुनुपर्ने बताए ।
महत्वपूर्ण विधेयकहरू निर्माणको गति निकै सुस्त भएको उनले बताए । उनले साँच्चै संविधान संशोधन गर्ने हो भने राष्ट्रिय बहसको आवश्यकता पर्ने जिकिर गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया