पर्यटकहरूलाई आकर्षित गर्न सौरहामा छतिया स्ट्रिट निर्माण

काठमाडौँ- पर्यटक गन्तब्यको रुपमा रहेको चितवनको सौरहामा पर्यटकहरूलाई आकर्षित गर्न छतिया स्ट्रिट निर्माण गरिएको छ । थारु समुदायको मुख्य बसोबास रहेको सौरहामा थारु समुदायको मौलिकता झल्कने खालका छतिया राखेर करीब ४५ मिटर लामो छतिया स्ट्रिट निर्माण गरेको हो ।
सौरहा थारु समुदायको बाहुल्य रहेको बस्ती हो । अहिले सो क्षेत्रमा बिभिन्न समुदायका व्यक्तिहरूले होटलहरू खोल्दै गएपछि सौरहाका थारु समुदायको अस्तित्व नै हराउँदै गएको छ । सौरहामा थारु समुदायको मात्र १ सय २ घर रहेका छन् ।
सौरहामा अहिले ४५ मिटर लामो बागमती प्रदेश सरकारको सहयोगमा छतिया स्ट्रिट निर्माण गरीएको रत्ननगर नगरपालिका-६ का वडा सदस्य वीरेन्द्र महतोले बताए । उक्त स्ट्रिट बागमती प्रदेश सरकारको ३० लाख र वडा कार्यलयबाट ३ लाखको लागतमा छतिया स्ट्रिट निर्माण गरिएको उनले जानकारी दिए ।
छतिया थारु समुदायले खेतमा काम गर्दा घाम पानीबाट बच्न ओढ्ने बास र भोर्लाको पातबाट बनेको ठूलो टोपी हो । उक्त स्ट्रिटमा पर्यटकलाई आकर्षित गर्न साझ पख थारु समुदायको खानाका परिकारहरू थारु समुदायले बनाएका ह्याण्डी क्राफ्टहरू बिक्री बितरणको लागि राखिने महतोले बताए । स्ट्रिटमा हप्ता २ दिन थारु समुदायको मौलिक सांस्कृतिक नाच झाम्टा र लाठी नाच प्रस्तुत गर्ने योजना रहेको बताइएको छ ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया