'नाकाबन्दी र भूराजनिती' पुस्तक ल्याउँदै कमल थापा

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री कमल थापाको ‘नाकाबन्दी र भूराजनीति- कुटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तक प्रकाशित हुने भएको छ। पुस्तक भदौ १० गते कृष्ण जन्माष्टमीका दिन सार्वजनिक गर्ने गरि तयारी गरिएको जनाइएको छ ।
थापाले पुस्तकलाई ६ खण्डमा बाढिएको र परराष्ट्रसम्बन्धी विभिन्न घटनाक्रमलाई उल्लेख गरिएको बताए । पुस्तकमा एकीकृत महाकाली सन्धि तथा २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछि परराष्ट्रमन्त्रीका रूपमा थापाले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले सन् १९५० को शान्ति तथ मैत्री सन्धि तथा त्यसयता विकसित दुई देशबीचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए । विशेषगरी नाकाबन्दीका समयमा भएका घटनालाई थापाले इमान्दारीपूर्वक पुस्तकमा प्रस्तुत गरेको र लामो किसिमबाट विषयवस्तुलाई नतन्काएको पनि उनले उल्लेख गरे । सीमा समस्या, चीनसङ्गको सम्बन्ध, विभिन्न राष्ट्रप्रमुखहरूसँगको भेट लगायतका विषयवस्तुलाई पुस्तकमा समावेश गरिएको उनले जानकारी दिए ।
उक्त पुस्तक आत्मकथा नभएको पनि थापाले स्पष्ट पारे। उनले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबीच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिए ।
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औंल्याउँदै लेखक थापाले आपसी सम्बन्धलाई नयाँ शिराबाट समीक्षा गर्नुपर्ने बताए । लेखक थापा तत्कालीन प्रधानमन्त्रीत्रय लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री थिए ।
थापाका यसअघि ‘कर्नेल छत्रबहादुर थापा : एक पटकको सैनिक जीवनभरको सैनिक’ र ‘द्वन्द्व व्यवस्थापन र चुनौती’ पुस्तक प्रकाशित छन् । पुस्तक सम्बर्धन पब्लिकेशन्सले प्रकाशित गरेको हो ।

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

प्रतिक्रिया