बंगलादेशका राहात मन्त्रालयका पूर्वसचिव पक्राउ

ढाका - महानगरीय प्रहरीले विपद् व्यवस्थापन तथा राहत मन्त्रालयका पूर्व वरिष्ठ सचिव शाह कमललाई पक्राउ गरेको छ ।
डिएमपीको जासुसी शाखाको अपरेसनमा शनिबार राति उनलाई महाकाली क्षेत्रबाट पक्राउ गरिएको हो ।
ढाका महानगरीय प्रहरी (डीएमपी) को जनसम्पर्क तथा मिडिया विंगका अतिरिक्त उपायुक्त एम ओबैदुर रहमानले पुष्टि गरेका छन् ।
यसअघि शुक्रबार डिएमपीले छापा मारेर मोहम्मदपुरको बाबर रोडमा रहेको शाह कमलको घरबाट स्वदेशी तथा विदेशी मुद्रासहित करिब ३ करोड ११ लाख रुपैयाँ नगद बरामद गरेको थियो ।
पूर्वसचिव शाह कमलको घरबाट ३सी बरामद भएको छ ।
बरामद भएको ३ करोड ११ लाख रूपैयाँमध्ये ३ करोड १ लाख नगद, ७४ हजार ४ सय रुपैयाँ इनामपत्र र १० करोड ३ लाख विभिन्न विदेशी मुद्रामा रहेको छ ।
पूर्वसचिव शाह कमलले अवैध रुपमा कमाएको पैसा घरमै राखेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
शाह कमलले २०१५ देखि २०१९ सम्म सचिव र २०१९ देखि २०२० सम्म वरिष्ठ सचिवको जिम्मेवारी सम्हालेका थिए । सरकार परिवर्तनपछि उनी लुकेर बसेका थिए ।

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

प्रतिक्रिया