'टिकटै नटाँसेको चिठीलाई स्वीकार गरेर राष्ट्रपतिले बदनियतपूर्ण काम गर्नुभयो'

काठमाडौँ : वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रप्रमुखकको भूमिका उपयुक्त नभएको तर्क गरेका छन् । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइको क्रममा संवैधानिक इजलासमा बहसमा भाग दिँदै राष्ट्रपतिले बदनियतपूर्ण काम गरेको जिकिर गरे । राष्ट्रपतिलाई त्यस्तो कुनै विशेषाधिकार नदिएको उनले सुनाए ।
'टिकटै नटाँसेको चिठीलाई स्वीकार गरेर बदनियतपुर्ण काम गर्नुभयो,' उनले भने, 'नागरिकता अध्यादेश, संवैधानिक अध्यादेश, मन्त्रिपरिषद् हेरफेरको कुरा । ५ जना कसरी चलाउने ? नियम कानुन हेर्नू पर्दैन ? प्रतिनिधिसभामा गएर सक्रिय गराउनुपर्ने, राष्ट्रियसभा बोलाउनुपर्नेमा राष्ट्रप्रमुखकको भूमिका उपयुक्त भएन । विश्वासको मत लिनु अनिवार्य छ । यो बाध्यकारी छ । आफैले आफूलाई पदमुक्त गर्ने असंवैधानिक पत्रलाई लिएर राष्ट्रपतिले मान्यता दिनु हुँदैनथ्यो । राष्ट्रपतिलाई त्यस्तो विशेषाधिकार दिएको छैन । सुधारिएको संसदीय व्यवस्थामा प्रधानमन्त्रीको कदम स्विकार्य छैन । राष्ट्रपतिले देउवालाई नियुक्त गरेर सदनमा पठाउने हो ।'
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया