प्रहरीद्वारा रौतहटमा १५ लाख बढीको अवैध सामान बरामद

रौतहट- रौतहटस्थित प्रहरीको गस्ती टोलीले १५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइहरूले जिल्लाको विभिन्न नाका हुँदै तस्करले भित्र्याएको सामानहरू बरामद गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार प्रहरी टोलीले १ लाख ७४ हजार ९९६ रुपैयाँ बराबरको लत्ताकपडा, ३ लाख ७४ हजार २७३ बराबरको किराना सामान, ४ लाख ४० हजार हुन्डीको रकम ४ लाख ७४ हजार २२० बराबरको दुई मोटरसाइकलसहित सौंफि रक्सी ५५ हजार ९८० बराबरको हार्डवेयर बरामद भएको हो ।
बरामद सामानहरू आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया