कीर्तिपुरमा मनाइयो बाघभैरव जात्रा
काठमाडौँ- कीर्तिपुरमा बाघभैरव जात्रा मनाइएको छ । प्रत्येक वर्ष भदौ १ गते सिंह संक्रान्तिका दिन मनाइने कीर्तिपुरमा बाघभैरव जात्रा मनाइन्छ ।
कीर्तिपुरको मध्य भागमा रहेको बाघभैरवलाई त्यहाँका बासिन्दाले आराध्यदेव मानी पूजाआजा एवं जात्रा मनाउँदै आएका छन् । कीर्तिपुरमा बस्ती बस्दादेखि नै बाघभैरव मन्दिरको अस्तित्व रहिआएको छ । जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गर्ने गरिन्छ ।
यस दिन बाघभैरवको मन्दिर एक सय आठ पटक घुमेमा पाप नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास रहेको छ । यो जात्रा विक्रम संवत् २०१३ सालदेखि सुरु भएको हो ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया