षड्यन्त्रपुर्वक माओवादीलाई सत्ताबाट बाहिर पुर्याइयो : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र नेकपा एमालेले षड्यन्त्रपुर्वक माओवादी केन्द्रलाई सत्ताबाट बहिर्गमन गराएको टिप्पणी गरेका छन् ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पोष्ट बहादुर बोगटीको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले षडयन्त्रमुलक तरिकाले मध्यरातमा हटाइएको बताएका हुन् ।
उनले भने, ‘हामीले मुख्य त सुशासनको प्रयास गरे बापत संख्या भएका भनिएकाहरूले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमुलक तरिकाले सरकार हटाउने मध्यरातमा हटाउने, आफ्नै पङ्तिलाई पनि जानकारी नदिइ गर्ने जमर्को गरियो ।’
अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिँदा विजेताका रुपमा बाहिरिएको बताउँदै अब आफुहरू जनतामा जान चुनौती र अवसर रहेको बताए । उनले पार्टीभित्रका नेताहरूले नबुझेजस्तो गरेपनि जनताले बुझिरहे पनि आफ्नै संगठनभित्रका नेताले नबुझेको गुनासो गरे ।
प्रचण्डले संगठनात्मक अराजकता, कुण्ठा र विचलनको समस्या देखा परेकाले पार्टीभित्र एकताबद्ध बनाएर अगाडि पार्टी पुन:निर्माणको गति अगाडि बढाउन खोजिएको बताए ।
अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले जनार्दन शर्माले पार्टी फुटाउने आशंका निराधार भएको बताउँदै स्थायी कमिटी बैठकबाट पार्टी फुटाउन खोजेको आशंका मेटिएको बताए ।
उनले शर्माले बैठकमा उठाएका केही गम्भीर, व्यवहारिक र आशंका रहेको बताउँदै व्यवहारिक आशंकाका विषयमा अनुसन्धान हुने स्पष्ट गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया