डोपिङ प्रकरण : श्रीलंकाका क्रिकेटर डिकवेला अनिश्चितकालका लागि निलम्बित

काठमाडौँ- श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान निरोशन डिकवेला डोपिङ प्रकरणमा अनिश्चितकालका लागि निलम्बित भएका छन् ।
डिकवेला हालै सम्पन्न श्रीलंका प्रिमियर लिगको समयमा विश्व एन्टी-डोपिङ गाइडलाइन्स अनुसार गरिएको डोपिङ परीक्षणमा असफल भएको रिपोर्टमा बताइएको छ । थप अनुसन्धान भइरहेकोले उनलाई सबै प्रकारका क्रिकेटबाट निलम्बन गरिएको छ ।
श्रीलंका क्रिकेट बोर्डले हाल अनुसन्धान जारी रहेकाले अर्को सूचना नभएसम्म उनलाई निलम्बन गरिएको जनाएको छ ।
हालै सम्पन्न श्रीलंका प्रिमियर लिगमा गाले मार्भल्सको कप्तानी गरेका ३१ वर्षीया,डिकवेला पछिल्लो पटक मार्च २०२३ मा राष्ट्रिय टोलीमा परेका थिएनन् । उनी यस वर्षको सुरुमा बंगलादेशविरुद्ध श्रीलंकाको टी-२० सिरिजका लागि टिममा सामावेश गरिएको भएपनि उनले खेल खेल्ने अवसर भने पाएका थिएनन् ।
डिकवेलाले श्रीलंकाका लागि टेष्टमा २७५७ रन, एकदिवसीयमा १६०४ र टी–२० मा ४८० रन बनाएका छन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया