शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

मोबाइल लुटपाट गर्ने दुई पक्राउ

कञ्‍चनपुर : मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वेदकोट-७ गौजीका १८ वर्षीय भरत धामी र सोही ठाउँ बस्ने २० वर्षीय भरत हमाललाई पक्राउ  गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनाले भीमदत्त-६ का सुनिता सिंह र उहाँका श्रीमान् लक्ष्मण सिंह घुम्नका लागि बुधबार रौटेला मन्दिर गएका बेला उहाँहरुको साथमा रहेको मोबाइल लुटपाट गरेका थिए । रासस