शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

कतिमा किनबेच हुँदैछ विदेशी मुद्रा ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ११ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ८६ पैसा रहेको छ भने बिक्रीदर ८९ रूपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ १० पैसा र बिक्रीदर ९ रूपैयाँ १४ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर ४४० रूपैयाँ १५ पैसा रहेको छ ।