स्पेनिस ला लिगा शुरु, दुवै खेल बराबरीमा रोकिए

काठमाडौँ- स्पेनिस ला लिगाको नयाँ सिजन शुरु भएको छ । गएरातिबाट सुरु भएको नयाँ सिजनका शुरुका दुवै खेल बराबरीमा सकिएका छन् । सिजनको पहिलो खेलमा एथलेटिको बिलबाओ र गेटाफेले १–१ को बराबरी खेलेका छन् ।
एथलेटिक बिल्बाओका लागि खेलको २७औं मिनेटमा ओइहान सान्सेटले शुरुवाती गोल गरेका थिए भने खेलको ६४औं मिनेटमा क्रिससान्टस उचेले गेटाफेका लागि गोल गर्दै खेल बराबरी गरेका थिए ।
यस्तै गएराती नै सम्पन्न अर्को खेलमा जिरोना रियल बेटिससँग १–१ को बराबरीमा रोकिएको छ । गत सिजन तेस्रो स्थानमा रहेको जिरोना यस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको हो ।
खेलको छैटौ मिनेटमा नै मार्क बार्ट्राले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए भने खेलको ७२औं मिनेटमा गाब्रियल मिसेहोउयीलेव गोल गर्दै जिरोनालाई हारबाट जोगाएका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया