भक्तपुर प्रहरीले भन्यो- गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालक पुरुष
ट्रक चालक पक्राउ, मृतकको सनाखत हुन बाँकी
काठमाडौँ- भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालक पुरुष रहेको खुलेको छ ।
मृतक करिब ४०-४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए । यसअघि महिला भनिएकोमा उक्त सनाखत गलत भएको उनले बताए । हालसम्म पनि मृतकको सनाखत भने हुन सकेको छैन ।
बिहीबार दिउँसो पौने २ बजेतिर ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको चक्कामुनि परेर स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनापछि फरार रहँदै आएका ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका ३२ वर्षीय ट्रक चालक सतेन्द्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । जसका कारण गठ्ठाघर तनावग्रस्त समेत बनेको थियो । भीड र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास पनि प्रहार गरेको थियो ।

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया